करिश्माले दिइन् एसईईको पहिलो दिनको परीक्षा



काठमाडौं : नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धर यस वर्षको एसईई परीक्षामा सहभागी भएकी छिन् । उनी काठमाडौँको मैतीदेवीमा रहेको त्रिवेणी पब्लिक स्कुलबाट परीक्षामा सहभागी भएकी हुन् । अभिनेत्री मानन्धरले डिल्लीबजारस्थित विजय स्मारक मावि परीक्षा केन्द्रबाट अनिवार्य अँग्रेजी विषयको जाँच दिएकी हुन् ।

उनी स्कुल ड्रेसमै विद्यालय पुगेकी थिइन् । ठुलो धोको राखेर नभएर विद्यालय तह पार गर्ने उद्देश्यले मात्रै परीक्षामा सहभागी भएको मानन्धरले बताइन् । पढ्नका लागि उमेर बाधक नहुने प्रमाणित गर्न चाहेको उनको भनाइ थियो ।

नेकपाकी सचेतक समेत रहेकी सांसद शान्ता चौधरीले पनि दाङबाट परीक्षा दिएकी छिन् । खुल्ला विद्यालयमा अध्ययन गरेर चौधरीले तुलसीपुरस्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरवाट एसईई परीक्षा दिएकी हुन । चौधरीले माध्यामिक तह पार गर्ने बाल्यकालको सपना एसईई दिएपछि पुरा भएको प्रतिक्रिया दिइन् । बुढेसकालमा भएपनि पिएचडी गर्ने चौधरीको धोको छ ।

पहिले घोराहीस्थित डाँडागाउँ माविमा कक्षा आठसम्म अध्ययन गरेपनि त्यो भन्दा माथिल्लो तहको अध्ययन सांसद चौधरीले पुरा गर्न सकेकी थिइनन् । यो बर्ष चौधरीकी १७ वर्षीया छोरी विनु चौधरीले पनि एसईई परीक्षा दिइरहेकी छिन् ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: