कतै तपाईको पिसाब रोक्ने त बानी छैन ? आउन सक्छन यस्ता समस्या



कतिपयले मानिसलेे साधारण सोचाई राखेर पिसाब रोक्ने गरेको पाईन्छ । कोहि मानिस भने पिसाब रोकेर केहि समय पछि पिसाब गर्ने गर्छन् । तपाईँ पनि त्यस्तै गर्नुहुन्छ भने आजैबाट त्यो बानी हटाउनुहोस् । यो याद राख्नुहोस् कि यदि थोरै समय पनि पिसाब रोकियो भने संक्रमण सुरुवात हुन थाल्छ । पिसाब रोक्दा आउने समस्याहरू यस्ता छन् :

१. पत्थरी हुने डर

पिसाव रोक्नेहरुमा पत्थरी हुने सम्भावना पनि हुन्छ । पिसाबलाई एकदेखि दुई घण्टासम्म रोकेमा विशेषगरी महिला वा कामकाजी युवामा पिसाबसम्बन्धी समस्या देखिन सुरु हुन्छ ।

२. ब्याक्टेरियाको खतरा

तपाईँले जति बढी समय पिसाब रोकेर राख्नुहुन्छ, तपाईंको पिसाब थैलीमा उति नै बढी ब्याक्टेरिया विकसित हुने गर्दछन् । जसका कारण स्वास्थ्य जोखिममा पर्ने हुन्छ ।

३. पिसाबथैलीको मांसपेशी कमजोर

पिसाब लागेको एकदेखी दुई मिनेट सम्ममा पिसाब गर्नु पर्नेमा यदि पिसाब लागेको तीनदेखि चार मिनेटसम्म पनि खाली गरिएन भने पिसाबको टक्सिक तत्व मिर्गौलामा फर्कन्छ, जसलाई रिटेन्सन अफ युरिन भन्ने गरिन्छ । यसका अलावा पिसाब पटक–पटक रोक्नाले पिसाब थैलीको मांसपेशी कमजोर पनि हुने हुन्छ ।

४. पिसाब थैली सुन्निने
पिसाब रोकेमा पिसाब थैली सुन्निन सक्छ र पीडा हुन सक्छ । इन्टस्र्टिशल सिस्टाइटिस भन्ने रोगबाट पीडित मानिसलाई पटक–पटक पिसाब लाग्ने गर्दछ । तर, पिसाब भने कम आउँछ । अहिलेसम्म यसको खास कारण पत्ता लाग्न सेकेको छैन् तर पनि डाक्टरहरुका अनुसार यो जिवाणुको संक्रमणकै कारणबाट हुन्छ । यस्ता बिरामीहरु मध्ये कोही त दिनमा ६० पटकसम्म पनि पिसाब गर्न जाने गरेको डाक्टहरु बताउँछन् ।

५.मिर्गौला फेल

तपाईँले पिसाब रोकेकै कारण शरिरहेको महत्वपूर्ण अङ्ग मृगौला समेत फेल हुन सक्छ । पिसाब रोकेर शरीरमा युरिया तथा क्रियटिनिन दुवै तत्व बढ्नाले पिसाबबाट बाहिर निस्कन पाउँदैंन । त्यसपछि ती तत्व रगतमा फैलन थाल्छन् । च्यसपछि भोक कम लाग्ने, बान्ता हुने, कमजोरी हुने, थकाई लाग्ने, सामान्यभन्दा कम पिसाब आउने, र शरीरका भागहरु सुन्निने जस्ता लक्षणसँगै मृगौला फेलको जोखिम बढ्छ ।

७. मुत्रमार्ग संक्रमणको जोखिम

तपाईँलाई पिसाब लाग्नेबित्तिकै शौचालय गईहाल्नुस् । अन्यथा मुत्रमार्ग संक्रमण (युरिनरि ट्राक्ट इन्फेक्सन या युटिआई) हुने खतरा बढ्ने हुन्छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: