‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक (भिडियोसहित)



काठमाडौं : फिल्म ‘ए मेरो हजुर–३’ को अफिसियल टिजर सार्वजनिक भएको छ । अभिनेता अनमोल केसी र नव–नायिका सुहाना थापाको मुख्य भूमिका रहेको फिल्को  टिजर आइतबार सार्वजनिक गरिएको हो ।

आउँदो चैत्र २९ बाट प्रदर्शनमा आउने सो फिल्मको टिजरमा अनमोल र सुहाना रोमान्टिक अवतारमा देखिएका छन् । गत असोज २६ बाटे छायांकन सुरू भएको यस फिल्म नायिका झरना थापाको निर्देशनमा बनेको हो । यस चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् भने निर्देशक थापा र सुमन पौडेलको कथा रहेको छ । यस फिल्ममा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिष अविरलको संगीत रहेको छ ।

यस्तै रोशन श्रेष्ठले द्वन्द्व निर्देशन तथा सञ्जय लामाको छायांकनमा बनेको यस फिल्ममा अनमोल गायकको भूमिकामा छन् भने सुहाना एक फ्यानकोे भूमिकामा छिन् । यस्तै अनमोल र सुहानाका साथमा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: