एसिया छनोटमा नेपालद्वारा यूएई ७ विकेटले पराजित



काठमाडौं : आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले युएईलाई पराजित गरेको छ । आज विहान भएको समुह चरणको आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको युएई १७ ओभर ३ बलमा अलआउट हुँदै ४१ रनमा समेटिएको थियो ।

उसका लागि चामनी रोशनी सिनिभिरत्नाले सर्वाधिक १३ रन जोडिन् । अन्यले दोहोरो अंक जोडन सकेनन् । युएईलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले ४ विकेट लिईन् । यस्तै सिता राना मगर, सोनु खड्का र कृष्णा कुँवरले दुई दुई विकेट लिए । यूएईले दिएको ४२ रनको विजयी लक्ष्य नेपालले १० ओभर २ बलमा तीन विकेट गुमाउँदै भेट्टाएको हो ।

नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक १८ रन बनाइन् । त्यस्तै काजल श्रेष्ठले १५ रन बनाउँदा सिता राना मगरले ६ रन बनाइन् ।जीतसँगै नेपालले ३ खेलबाट ४ अंक जोडेको छ । पराजित भएपनि युएईले ४ खेलबाट ६ अंक सहित शिर्ष स्थानमा छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: