एसइई परीक्षाको प्रश्नपत्र आउट गर्ने ६ जना सार्वजनिक



सप्तरी : प्रदेश २ मा एसइई परीक्षाको दुई विषयका प्रश्नपत्र परीक्षा हुनुअगावै आउट गरेको आरोपमा पक्राउ परेका एक शिक्षक २ प्रहरी अधिकारीसहित ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्ने प्रहरी अधिकारीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु सिरहाको इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत जवान थिए । त्यस्तै पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन् ।

उक्त प्रश्नपत्रहरु सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो । उक्त प्रश्नपत्र विष्णुदेव यादवले मनोज यादवलाई दिएका थिए । मनोज यादवले राजेशलाई दिएको र त्यसपछि बाहिरिएको थियो । विष्णुदेवले आफ्ना भाइ ब्रह्मदेवमार्फत उक्त प्रश्नपत्र आउट गरेको अनुस्न्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: