एयर इन्डियाको जहाज टावरमा ठोकिदाँ पाइलटले थाहै पाएनन्



नयाँदिल्ली : भारतको तमिलनाडुस्थित तिरुचिरापल्ली एयरपोर्टमा उडानका क्रममा एयर इन्डियाको जहाज एयर ट्राफिक कन्ट्रोलको भित्तमा ठोक्किएको छ । तर पाइलटले भने यो घटना थाहै नपाई चार घण्टासम्म लगातार जहाज उडाइरहे । जहाजमा १३० यात्री र ६ चालक दलका सदस्य थिए । दुर्घटना भए पनि सबै यात्री सुरक्षित छन् । सवार यात्रीलाई अर्को जहाजबाट दुबई पठाइएको छ ।

आईएक्स-६११ जहाजले बिहीबर राति साढे १ बजे त्रिचीबाट दुबईका लागि उडान भरेको थियो । दुर्घटनाको चार घण्टापछि शुक्रवार बिहान ५.३० बजे मुम्बई एयरपोर्टमा यसको आपतकालिन अवतरण गराइएको छ । एयर इन्डियाका अनुसार त्रिची एयरपोर्टका अधिकारीले पाइलटलाई उडान क्रममा उचाई कम हुँदा विमानको पखेटा भित्तामा र एटिसीको एन्टेनामा ठोक्किएको बताएका थिए ।

पाइलटले भने जहाजको सिस्टम पुरै ठीक रहेको जबाफ दिएका थिए । त्यसपछि यस जहाजलाई मुम्बईमा उतारियो । एयरलाइन्सले जाँच नसकिउन्जेलका लागि पाइलट र को-पायलटलाई ड्यूटीबाट हटाइदिएको छ । भारतका नागरिक उड्डयन मन्त्री सुरेश प्रभुले ट्वीट गर्दै भनेका छन्, ‘एयर इन्डियाले जाँचका लागि  कमिटी बनाएको छ। यसको अलावा डीजीसीएका अधिकारी विमान र त्रिची एयरपोर्टमा पनि जाँचमा जुटेका छन् ।’

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: