एनसेलबारे सर्वोच्चको फैसला : कर नतिरेसम्म शेयर विक्री र लाभांश वितरण रोक्नू (पूर्णपाठ)



काठमाडौं : सर्वोच्च अदालतले एनसेल लाभकरका सम्बन्धमा तीन महिनाभित्र सम्पूर्ण लाभकर उठाउन ठुला करदाता कार्यालयलाई आदेश दिएको छ । एनसेल लाभकर सम्बन्धी मुद्दामा मंगलबार पूर्णापाठ सार्वजनिक गर्दै अदालतले तीन महिनाभित्र एनसेलसँग बिक्रीबापतको लाभकरको कानूनबमोजिम असुल उपर गर्न आदेश गरेको हो । सर्वोच्चले लाभांस वितरण र शेयर बिक्रीको अनुमति दिन पनि रोक लगाएको छ ।

टेलिया सोनेराले एनसेल एक्जियटालाई बिक्री गरेपछि त्यसको लाभकर कसैले पनि तिरेको थिएन । एनसेलका लगानीकर्ताहरुले लाभकरको दायित्व कसैलाई पनि सृजना नहुने बताएका थिए । यो विवाद कर कार्यालय हुँदै अदालतसम्म पुगेको थियो ।

फैसलामा भनिएको छ- ‘आयकर ऐन, २०५८ को दफा ५७९१० समेत बमोजिम निहित स्वामित्व निसर्ग हुँदा प्राप्त लाभमा कर बुझाउने दायित्व विपक्षी एनसेल र सो कम्पनीको प्रभावकारी व्यवस्थापन र नियन्त्रण गर्ने एक्जिएटा वर्हाड मलेसिया समेतको भएबाट अब मिति २०७४।३।१३ को कर निर्धारण आदेशमा उल्लिखित कर टेलियासोनेरा स्वीडेनलाई नलागी एनसेललाई लाग्ने हुँदा…’

‘..उक्त आदेशमा उल्लेखित आधार र कारणहरुसमेत हेरी र एनसेलले मिति २०७३।१।२६ र २०७४।२।२१ मा पुँजीगत लाभकर वापत अग्रिम रुपमा कुल रु २१,५४,८०,५५,९०० (र विलम्ब शुल्क वापत रु २,०२,६२,३४,८५१।( ठूला करदाता कार्यालयमा बुझाईसकेको देखिँदा बुझाई सकेको रकम समेतलाई दृष्टिगत गरी कर निर्धारण र कर असूल उपर गर्ने सम्बन्धमा यो आदेश प्राप्त भएको मितिले तीन महिना भित्र कानून बमोजिम आवश्यक निर्णय गर्नु गराउनू ।’

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: