आज विश्व सिमसार दिवस, नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै



काठमाडौं : विश्व सिमसार दिवस आज सिमसार तथा जलवायु परिवर्तन भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु विभागले पोखरामा विभिन्न कार्यक्रम आयोजना गरेको छ । पोखराको फेवाताल सफाइ लगायतका सचेतनामुलक कार्यक्रम गर्न लागिएको विभागले जनाएको छ ।

सिमसार महासन्धि पारित भएको फ्रेबुअरी दुई तारिखलाई सिमसार दिवसको रुपमा मनाउने गरिन्छ । सिमसार क्षेत्र जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवच मानिने हुँदा दिवसमा अवसरमा यसको संरक्षणमा जोड दिने गरिएको छ ।

नेपालको करीब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । विश्व संरक्षण संघको तथ्यांक अनुसार नेपालमा १ सय ६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, किटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण स्थान पनि हो ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: