आज विश्वभर दुर्लभ किसिमको चन्द्रग्रहण देखिँदै



काठमाडौं : आज विश्वभर दुर्लभ किसिमको चन्द्रग्रहण देखिँदैछ । यो चन्द्रग्रहणलाई खगोलशास्त्रीहरुले ‘सुपर ब्लड वुल्फ मुन’ नाम दिएका छन् । उनीहरुका अनुसार आज चन्द्रमा निक्कै रातो र आकर्षक देखिनेछ । चन्द्रमा पृथ्वीको धेरै नजिकै आउने र ठुलो देखिने अवस्थालाई ‘सुपर मुन’ भन्ने गरिन्छ ।

जनवरी महिनाको पूर्णिमालाई चाहिँ ’वुल्फ’ भन्ने गरिएकाले आजको चन्द्रग्रहणलाई ‘सुपर ब्लड वुल्फ मुन’ भनिएको हो । चन्द्रग्रहण उत्तरपश्चिमी फ्रान्स, उत्तर पश्चिमी स्पेन, पोर्चुगल र पश्चिम अफ्रिकाको केही भागवाट देखिने छ ।

त्यस्तै उत्तर र दक्षिण अमेरिका, पूर्वी प्रशान्त क्षेत्र र रुसको उत्तर पूर्वी क्षेत्रबाट पनि देख्न सकिनेछ । यस्तो चन्द्रग्रहण आगामी सन दुई हजार उनान्तिस अघि देख्न नपाइने खगोलशास्त्रीहरुको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: