आज चैते दशैं र रामनवमी पर्व मनाइँदै



काठमाडौं : आज चैते दशैं र रामनवमी पर्व मनाइँदैछ । हिन्दु धर्मालम्बीहरुले दुर्गा भवानीको पूजाआराधना गरी चैतेदसैं पर्व मनाउने गर्दछन । चैते दसैंका अबसरमा काठमाडौ उपत्यकाका शक्तिपीठहरु गुह्येश्वरी,दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, कालिकास्थान, संकटा र मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुईंचो छ ।

जनकपुरधामस्थित रामजानकी मन्दिरमा विशेष मेला र घुइँचो लागेको छ ।चैते दसैँलाई महत्व दिनेहरुले शक्ति पिठहरुमा पूजापाठका साथै पशुबलि पनि चढाउँछन् । वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । यस्तै आज नै रामनवमी पर्व पनि मनाइँदैछ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमीको अवसरमा देशभरका राम मन्दिरहरुमा बिहानदेखि भक्तजनको भीड लागेको छ । रामायणमा उल्लेख भए अनुसार त्रेता युगमा राजा दशरथ र रानी कौशल्यका गर्भबाट आजकै दिन भगवान रामको जन्म भएको थियो ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: