आज चिकित्सक संघको भेला हुँदै



काठमाडौं : नेपाल चिकित्सक संघको आकस्मिक भेला आज हुँदैछ । सरकारी चिकित्सकको आन्दोलनमा हस्तक्षेप गरेर सरकारले टिकट काउन्टर खुलाएपछि संघले भावी रणनीति तय गर्नका लागि संघले भेला बोलाएको हो । भेलाबाट आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।

समायोजन सम्वन्धी विवाद वार्ता र सम्वाद समाधान गर्नुपर्नेमा बल प्रयोग गरिएको भन्दै चिकित्सक संघले सरकारी कदमको विरोध समेत गरेको छ । सरकारले अत्यावश्यक सेवामा हडताल गर्न नपाइने भएकाले बल प्रयोग गरिएको जनाएको छ ।

संघीय संरचना अनुसार गरिएको कर्मचारी समायोजनको विरोध गर्दै गत शुक्रवारदेखि सरकारी दरबन्दीका चिकित्सकहरूले आकस्मिक बाहेक अन्य सेवाहरू बन्द गरेर आन्दोलनमा छन् । बुधबार प्रहरी हस्तक्षेप भएपछि उनीहरुले आज अस्पताल परिसरमा विरामी जाँचेर आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: