अमिताभ र तापसीको फिल्म ‘बदला’को ट्रेलर सार्वजनिक



काठमाडौं : अभिनेता शाहरुख खानको ब्यानरमा निर्माण गरिएको फिल्म ‘बदला’ को ट्रेलर मंगलबार सार्वजनिक गरिएको छ । चलचित्रमा महानायक अमिताभ बच्चन र अभिनेत्री पन्नूको मुख्य भुमिका रहेको ‘बदला’ आउँदो मार्च ८ मा रिलिज हुने तय भएको छ ।

अमिताभ र तापसीले दुई वर्षपछि फेरि एकसाथ पर्दामा कमब्याक गरेका हुन् । अमिताभ र तापसी फिल्म ‘पिंक’मा एक साथ देखिएका थिए । शाहरुखकी श्रीमती गौरी खानको निर्माणमा बनेको यस फिल्म शाहरुख खानको रेड चिल्ली ब्यानरमा निर्माण भएको यस फिल्म सुजोय घोषले निर्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: