अध्ययनका लागि चन्द्रमामा पठाएको इजरायलको अन्तरीक्षयान दुर्घटना



एजेन्सी : अध्ययनका लागि चन्द्रमामा पठाएको इजरायलको बेरेसिट नामक अन्तरीक्षयान दुर्घटना भएको छ । मुख्य इन्जिनमा खराबी आएपछि सो यान चन्द्रमाको सतहमा ठूलो आवाजका साथ विस्फोट भएको हो ।

चन्द्रमाको ७ हप्ताको यात्रापछि दुर्घटना हुनु अघि सो यानले सतहको १५ किलोमिटर टाढाबाट सम्पर्क गरेको थियो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले चन्द्रमाको अध्ययनको पहिलो प्रयास असफल भएपनि पुनः अर्को तयारी थाल्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: